जब कृति सेनन ५४ मिनेट लिफ्टमा बन्द भइन्...

Nepal Live

नयाँ दिल्ली (एजेन्सी)– ‘बरेली की बर्फी’ की नायिका कृति सेननसँग हालै एउटा रोचक घटना भएको छ। उनी शनिबार मुम्बईमा एउटा कार्यक्रमको दौरान लिफ्टमा फसेकी थिइन्। लिफ्टमा फसेपछि उनले ट्विटरमार्फत यसको जानकारी दिइन्।

कृतिले त्यस अवधिमा थुप्रै ट्विट गरेकी थिइन्। उनको ट्विट पढेपछि उनलाई मन पराउनेहरूले सहयोगको आश्वासन दिएका थिए। उनी लिफ्टबाट ५४ मिनेटपछि बाहिरिन सफल भएकी थिइन्। यो घटना सामाजिक सञ्जालमा भाइरल भएको छ।

उनले अर्को ट्विटमा भनेकी छिन्, ‘लिफ्टमा फसेको छु... चकित पार्ने कुरा थ्रीजी चलिरहेको छ। के यो मुम्बईमा मात्र सम्भव छ?’

उनको यो ट्विटमा एक जनाले प्रतिक्रिया लेखेका छन्, ‘ठूलो–ठूलो देशमा सानो–सानो कुरा भइ नै रहन्छ...’

कृतिले एक फ्यानलाई यसरी जवाफ दिएकी छिन्, ‘म ठीक छु...चिन्ता गर्नुपर्दैन। मेरो मेनेजर मलाई बाहिर निकाल्न प्रयासरत छन्...केही बेचैन र भोको छु।’

कृतिले पहिलो ट्विट दिउँसो २ बजेर २२ मिनेटमा गरेकी थिइन्। उनले ३ बजेर १६ मिनेटमा लिफ्टबाट बाहिर आएको घोषणा गरिन्।

उनले लिफ्टबाट निस्किएपछि सबैलाई जानकारी दिँदै भनिन्, ‘म बाहिर आइसकेँ साथीहरू, अन्ततः! धेरै समय लाग्यो। चिन्ता गर्नुपर्ने कुरा छैन। रमाइलो र महत्वपूर्ण टाइमपासका लागि धन्यवाद। मिटिङमा जाँदै छु। जसका लागि म पहिले नै एक घन्टा ढिलो भइसकेको छु।’

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार