ad

नेपाललाई हराएपछि ओमानका प्रशिक्षकले भने – नामिबियामा ब्याटिङ गर्न सजिलो छैन

Nepal Live

काठमाडौं–आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले पहिलो हार बेहोरेको दिन ओमानले पहिलो जित हात परेको छ। शुक्रबार नामिबियाको डब्लुएपी मैदानमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको हो।

पहिलो खेलमा आयोजन नामिबियामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको नेपाल दोस्रो खेलमा पराजित भएपछि शीर्ष दुई भित्र पर्ने लक्ष्य कठिन बनेको छ। अब नेपालले आइतबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ। युएईलाई हराउन सके मात्र नेपालको शीर्ष दुईमा पर्ने सम्भावना जीवित रहनेछ। 

यता नेपाललाई पराजित गरेपछि ओमानका प्रशिक्षक दुलीप मेन्डिसले क्रिकइन्फोसँग कुरा गर्दै आत्मविश्वास बढेको बताए। 'यहाँको पीचमा ब्याटिङ गर्न साँच्चै सजिलो छैन । हामीले पहिलो खेलमा ब्याटिङ र बलिङ दुवै क्षेत्रमा खराब प्रदर्शन गर्‍यौ,' उनले भने, 'तर खेलमा फर्कन सफल भयौं। नेपाललाई पराजित गर्न सक्यौं। जसले हाम्रो आत्मविश्वास बढेको छ।' मेन्डिस श्रीलंकाका पूर्व क्रिकेट हुन्। श्रीलंकाली टिमको कप्तानी समेत गरेका मेन्डिसको प्रेरणमा ओमानले डिभिजन–३ जितेको थियो। 

मेन्डिसको भनाइअनुसार नेपाली टिमले डब्लुएपी मैदानमा पहिले ब्याटिङ गर्दा रन बटुल्न संघर्ष गरेको थियो। पीचको कन्डिसन कठिन भएकाले ब्याटिङ गर्न सजिलो नभएको नेपाल लाइभले पनि विश्लेषण गरेको थियो। त्यसलै नेपाल दोस्रो खेलमा १ सय ३८ को सामान्य योगफलमै अलआउट भएको थियो। 

६ टिमले प्रतिस्पर्धा गरिरहेको डिभिजन–२ को शीर्ष २ भित्र पर्ने २ टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।


 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार