दीपिकाको तीनवटा फिल्म २ सय करोड कमाउन सफल  

Nepal Live

मुम्बई (एजेन्सी)– बलिउड अभिनेत्री दीपिका पादुकोणको तेस्रो फिल्म २ सय करोड क्लबमा समावेश भएको छ। उनको नयाँ फिल्म ‘पद्मावत’ ले दोस्रो हप्तामा ३ सय ३६ करोड रुपैयाँ आम्दानी गरेको छ। 

दीपिकाको यसअघि दुईवटा फिल्म २ सय करोड क्लबमा समावेश भइसकेको थियो। २०१३ मा रिलिज भएको ‘चेन्नई एक्सप्रेस’ र २०१४ मा रिलिज ‘ह्यापी न्यु एयर’ ले २ सय करोडभन्दा बढी रकम आम्दानी गरेको थियो।

निकै विवादका बीच ‘पद्मावत’ जनवरी २५ मा रिलिज भएको थियो। यो फिल्मले पहिलो हप्ता १६६ दशमलव ५० करोड कमाई गर्यो भने दोस्रो हप्तान ६९ दशमलव ५० करोड रुपैयाँ कमाई गरेको व्यापार विश्लेषक तरण आदर्शले बताएका छन्।  
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्