बैंकको निक्षेप संकलनभन्दा कर्जा लगानी बढी

Nepal Live

काठमाडौं- बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएको भन्दै बैंकहरुले कर्जा प्रवाह गर्न नसक्ने बताइरहेका छन्। तर, पछिल्लो चार हप्ताको वाणिज्य बैंकहरुको कर्जा लगानीलाई हेर्ने हो भने कुनै कमी आएको देखिँदैन।  

बैंकहरुको निक्षेप संकलमा कमी देखिए पनि कर्जा लगानी भने बढ्दो क्रममा रहेको छ। वाणिज्य बैंकहरुको पुस ३० देखि माघ ७ गतेसम्म शून्य दशमलव १३ प्रतिशत अर्थात् १९ खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी विस्तार गरेका गरेका थिए। यो अनुपात माघ ७ गतेदेखि १२ गतेसम्म शून्य दशमलव ३४ प्रतिशतले बढेर १९ खर्ब ३१ अर्ब रुपैयाँ पुर्‍याएका छन्। यस्तै १९ गतेसम्म शून्य दशमलव ४० प्रतिशत अर्थात् १९ खर्ब ३९ अर्ब रुपैयाँले वृद्धि भएको हो।

बैंकहरुले माघको पहिलो हप्ता शून्य दशमलव २१ प्रतिशत र दोस्रो हप्ता ४ दशमलव ५५ प्रतिशतले निक्षेप संकलन घटाएका थिए।

तर, वाणिज्य बैंकहरूले पछिल्लो एक सातामै ४ दशमलव ५४ प्रतिशतले निक्षेपमा वृद्धि गरेका छन्। 

अघिल्लो दुई हप्ता लगातार निक्षेप संकलन घटेको बैंकहरूले यो हप्तामा (माघ १९ गतेसम्म) भने ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन्। माघको तेस्रो सातासम्म वाणिज्य बैंकहरूको निक्षेप संकलन २२ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले बैंकहरुलाई पटकपटक निक्षेपको वृद्धिदर अनुसार कर्जा लगानी गर्न निर्देशन दिए पनि बैंकहरुले निक्षेप संकलन घट्दा पनि कर्जा लगानी विस्तारलाई भने घटाएको देखिँदैन।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार