मुद्दा जितेको तेस्रो दिन समातिए एभरेष्ट होटलका सञ्चालक लारी

Nepal Live

काठमाडौं– लागुऔषध तस्करी मुद्दामा फरार रहेका एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारी पक्राउ परेका छन्। महानगरीय प्रहरी कार्यालय र महाराजगन्ज वृत्तले  बिहीबार उनलाई महाराजगन्जबाटै पक्राउ गरेको हो। 

२१ वर्षअघिको लागुऔषध मुद्दामा उनी पक्राउ परेका हुन्। 

१९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेस बरामद भएको थियो। जसमा उनको संलग्ता खुलकोे थियो। 

प्रहरीले पक्राउ गर्न नसकेपछि अभियुक्त फरार रहेको भनी जिल्ला अदालतमा मुद्दा तामेली राखिएको थियो। तर जिल्लाले उक्त मुद्दा जगाउँदै पुन: सुनुवाइ गरेपछि २०६८ मा मस्कुरको नाममा पक्राउ आदेश जारी भएको थियो। त्यसयता उनी फरार थिए। 

दुई दिनअघि मात्र एभरेस्ट होटलको सेयर सम्बन्धी विवाद मुद्दा उनले जितेका थिए। 

महानगरीय प्रहरी कार्यालय,रानीपोखरीका डिआइजी गणेश केसीले लारी पक्राउ परेको पुष्टि गर्दै उनलाई अदालत पेश गर्ने तयारी भइरहेको बताए।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार