बुद्ध एयरले थाल्यो पोखराबाट भरतपुर र भैरहवाको उडान

नेपाल लाइभ

Nepal Live

पोखरा- बुद्ध एयरले शुक्रबारदेखि पोखराबाट भरतपुर र भैरहवासम्म हवाई उडान सुरु गरेको छ। 

बुद्धले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो उडान सुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए। त्यस्तै, ११:२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ। 

१९ सिट क्षमताको विमान पोखराबाट भरतपुर १५ मिनेटमा र पोखराबाट भैरहवा १७ मिनेटमा पुग्ने जनाइएको छ। 

पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा तीन हजार ६ सय रुपैयाँ र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । त्यस्तै, पोखराबाट भैरहवाका लागि नेपालीलाई चार हजार २ सय रुपैयाँ र विदेशीका लागि ९७ डलर कायम गरिएको छ। 

यी उडान आजदेखि नियमित हुने स्टेशन म्यानेजर बरालले जानकारी दिए। रासस
 

पढ्नै पर्ने