ad

दिपिकाको अपराधमा आमा पनि फसिन् 

नेपाल लाइभ

Nepal Live

काठमाडौं– कृषि विकास बैंकको करिब ५ करोड हिनामिना आरोपमा पक्राउ परेकी सोही बैंककी कर्मचारी दिपीका रेग्मीको ठगी मुद्दामा उनको आमा समेत तानिएकी छिन्। उनकी आमालाई पनि प्रहरीले बैंकिङ कसुर मुद्दामा प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। 

ठगी गरेको रकम आमाको बैंक खातामा भेटिएपछि आमालाई समेत प्रतिवादी बनाएर आइतबार प्रहरीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। उनको आमा फरार रहेको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए। 

कृषि विकास बैंकको न्यूरोड शाखामा काम गर्ने दिपिकालाई सिआईबीले मंसिर १४ गते पक्राउ गरेको थियो। बैंककी सहायक टेलरका रुपमा काम गर्ने रेग्मीले अन्तर शाखा कारोबार हिसाब क्लियरीङ देखाएर बैंकमा हिनामिना गर्दै आएकी छिन्। जून घटनामा बैंकका अन्य कर्मचारीहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ। 

करिब १ वर्षको अवधिमा बैंकबाट त्यसरी ४ करोड ९१ लाख रुपैयाँ मिहामिना भएको सिआईबीका एसपी श्रेष्ठले बताए। त्यसरी ठगी गरेको पैसा उनले बिदेश घुमेर तथा गहना किनेर सिध्याएको अनुसन्धानमा खुलेको छ। उनको लकरमा प्रहरीले एक सय ७० तोला सुनका गहना बरामद गरेको थियो। प्रहरीले उनलाई गहना बेच्ने बालाजुमा सुन पसल चलाउने प्रकाश घतानीलाई पनि पक्राउ गरिसकेको छ। 

बैंकका शाखा प्रबन्धक प्रेमहरी ढुङगेल, इलेक्ट्रोनिक्स चेक क्लियरीङ शाखाका प्रमुख गोपाल गिरी, कर्जा शाखा प्रमुख महेश्वर मरहठ्ठा र पियन रमेश थापालाई  थुनामै राखेर मुद्दा अघि बढाइएको छ। त्यस्तै बैंकका पूर्व कर्मचारी सलिल रेग्मी पनि पक्राउ परिससकेका छन्।  

जर्नेलमाथि छानबिन जारी  
उक्त घोटाला प्रकरणमा नेपाली सेनाका सहयाक रथी डा.रमेश बिष्टमाथि सेनाले आन्तरीक रुपमा उनीमाथि छानबिन गरिरहेको छ। 
दिपिकाले ठगी गरेकोमध्ये करिब ३३ लाख रुपैयाँ डा.बिष्टको खातामा जम्मा गरेको खुलेपछि उनी अनुसन्धानमा तानिएका हुन्। डा.बिष्टमाथि इन्क्वायरी जारी नै रहेको र रिपोर्टका आधारमा थप निर्णय हुने सैनिक प्रवक्ता सहायक  रथी गोकुल भण्डारीले बताए।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने