क्रिकेट अस्ट्रेलिया भन्छ : सन्दीप आइपिएलमा आबद्ध हुन क्लार्क र पोन्टिङको सहयोग 

Nepal Live

सिड्नी– अस्ट्रेलियन क्रिकेटको आधारिकारिक निकाय क्रिकेट अस्ट्रेलियाले नेपालका लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) मा आवद्ध भएको समाचारलाई प्राथमिकता साथ आफ्नो वेभ पोर्टलमा प्रकासित गरेको छ। सोमबार प्रकासित समाचारमा क्रिकेट अस्ट्रेलियाले सन्दीप आइपिएलमा आवद्ध हुन अस्ट्रेलियाका पूर्व कप्तानद्वय रिकी पोन्टिङ र माइकल क्लार्लको सहयोग रहेको उल्लेख गरेको छ।

१७ वर्षीय सन्दीपलाई आइतबार भएको अक्सनमा दिल्ली डेयरडेभिल्सले ३२ लाख रुपैयाँमा किनेको थियो।

दिल्लीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ छन्। सन्दीप र अस्ट्रेलियाका अर्का पूर्व कप्तान माइकल क्लार्कबीच गहिरो सम्बन्ध छ। जस कारण सन्दीप र अस्ट्रेलियन क्रिकेटरबीच गहिरो सम्बन्ध रहेको क्रिकेट अस्ट्रेलियाले उल्लेख गरेको छ। क्लार्कसँगको सम्बन्धका कारण सन्दीपलाई पोन्टिङले आफ्नो टिममा आवद्ध गरेको पनि क्रिकेट अस्ट्रेलियाको दाबी छ। पोन्टिङपछि क्लार्क अस्ट्रेलियाको कप्तान बनेका थिए।

यो पनि सन्दीप लामिछाने : क्याम्पाचौरदेखि आइपिएलसम्म 

क्लार्कको सम्बन्धका कारण अस्ट्रेलियाको पहिलो श्रेणीको क्रिकेट खेल्ने मौका पाएका सन्दीपले त्यतिबेला बिग बास लिग खेल्ने सपना भएको बताएका थिए। बिग बास लिग खेल्ने उनको सपना पूरा हुन नसकेपनि संसारकै लोकप्रिय र व्यावसायिक लिग आइपिएल टिममा भने आवद्ध हुन सफल भए। दिल्लीमा आवद्ध भएसँगै सन्दीपले ग्लेन म्याक्सवेल, कागिसो राबाडा र गौतम गाम्भिर जस्ता हस्ती खेलाडीसँगै मैदान उत्रने अवसर पाउन सक्छन्। 

दिल्लीका सिइओ हेमन्त दुवाले सन्दीपलाई टिममा भित्र्याउनका लागि उनको ट्राइल लिएको बताए। 'हामीले उनलाई विशेष ट्रायल दिन लगाएका थियौं। उनले नेटमा बलिङ गरेको हामीले हेर्यौ अनि भिडियो पनि खिच्यौं। हामीले भिडियो प्रशिक्षक पोन्टिङलाई देखाएका थियौ। पोन्टिङले भिडियो हेरेपछि टिममा आवद्ध गर्न अनुमति दिनु भएको हो,' सिइओ हेमन्तले इन्डियन एक्प्रेसलाई भनेका छन्।  

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्