बलात्कारको मुद्दामा \'पिपली लाइभ\'का निर्देशकलाई सफाइ

Nepal Live

नयाँ दिल्ली (एजेन्सी)– 'पिपली लाइभ' फिल्मका निर्देशक महमुद फारुकीको बलात्कार सम्बन्धी मुद्दालाई शुक्रबार सर्वोच्च अदालतले खारेज गरेको छ। अदालतले दुबै पक्षको सम्बन्ध राम्रो भएको अवस्थामा यसलाई बलात्कार भन्न नमिल्ने बताएको छ। 

अदालतले यसलाई अप्ठेरो मुद्दा भन्दै उच्च अदालतको निर्णयको तारिफ गरेको छ। अदालतले फारुकीमाथि बलात्कारको आरोप लगाउने महिलाले इमेलमार्फत उनलाई ‘आइ लभ यू’ लेखेको र यसले उनीहरूको सम्बन्ध राम्रो रहेको बताएको थियो। 

फारुकीमाथि अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा शोध गरिरहेकी एक महिलाले २०१५ को मार्च २८ मा बलात्कारको आरोप लगाएकी थिइन्। उनलाई २०१६ को अगस्टमा जिल्ला अदालतले ७ वर्षको जेल सजाय सुनाएको थियो।

उनलाई ५० हजार जरिवाना पनि तोकिएको थियो। तर, दिल्ली उच्च अदालतले २०१७ को सेप्टेम्बरमा शंकाको सुविधा दिँदै सफाइ दिएको थियो। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्