बैंकहरुमा तरलता अभाव घट्दै

Nepal Live

काठमाडौं- बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव कम हुँदै गएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार १० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्दा बैंकहरुले ४० करोड रुपैयाँ मात्र लिएका छन्। 

आधा दर्जन वाणिज्य बैंकमा तरलता अभाव सिर्जना भएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको विकास ऋणपत्र धितोमा राखेर बजारमा तरलता प्रवाह गर्न लागेको थियो। तर, एक बैंकले मात्र ४० करोड रुपैयाँ लिएको छ। यसले बजारमा तरलता अभाव नरहेको देखाउँछ। 

यता राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले पनि बजारमा तरलता अभाव नरहेको बताएका छन्। 

उनले भने, 'बजारमा केही मात्रामा कर्जा प्रवाह कम भएको हो, यसलाई तरलता अभाव भन्न मिल्दैन।’

उनले अन्तर बैंक ब्याजदर ३ प्रतिशतबाट नबढेकाले बजारमा ऋण लगानी गर्न पुँजीको अभाव नभएको बताए। 

अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा तल रहेपछि राष्ट्र बैंकले विभिन्न चरणमा रकम प्रवाह गर्दै आएको छ। चालु आर्थिक वर्षमा मात्र राष्ट्र बैंकले ऋणपत्र खरिदमार्फत २५ अर्ब २७ करोड रुपैयाँ बैंकिङ प्रणालीमा पठाइसकेको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्