ad

जापान र अमेरिका पठाउने भन्दै ३ करोड ठगी 

नेपाल लाइभ

Nepal Live

काठमाडौं– जापान, अमेरिका तथ यूरोपियन देशमा पठाउने भनी करोडौ ठगी गर्ने ललितपुरको तिखेदेवल बस्ने नुवाकोटको थानपती घर भएका ३९ बर्षीय पारस लोहनीलाई प्रहरीले पक्राउ गरेको छ। उनले करिब ३करोड ठगी गरेको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले बताए। 

 
लोहनीले फ्रान्स, जापान, सिंगापुर, अमेरिका लगायतका देशहरुमा पानीजहाजमा आकर्षक सेवा सुविधा सहितको राजगारी पाउने भनी प्रलोभन देखाई विभिन्न व्यक्तिहरुबाट प्रतिव्यक्ति ७ लाखदेखि ३५ लाखसम्म गरी २ करोड ७५ लाख ठगी गरेको भनी ३३ जना पीडितहरुले महाशाखामा उजुरी गरेका दिएका छन्। 

    लोहनीले पीडितहरुसंग रकम लेनदेन गर्दा भेटेरै रकम लिने गरेको, कसैलाई आईएमई मार्फत पैसा पठाउन लगाउने गरेको र नगद संकलन गरे पश्चात काम नगरी सम्पर्क विहीन हुने  गरेका थिए।  पीडितहरुबाट काम छिटो गर्न दवाव आए पश्चात उनले बैदेशिक रोजगार सम्बन्धी कागज गर्ने, रकम नभएको बैंक खाताको चेक दिई अलमलाउने र कसैलाई भिजिट भिषामा दुबई, इण्डोनेसिया लगायतका देशमा पु¥याई अलपत्र पार्ने गरेको प्रहरीले जनाएको छ। 

ठगी मुद्दामा उनलाई प्रहरीले कारबाही अघि बढाएको छ। उनी पहिला म्यानपावर कम्पनी चलाउने व्यक्ति हुन्। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढ्ने

Nepal Live

कञ्चनपुर - कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी

सोलुखुम्बुमा आगलागीबाट ११ लाख भन्दा बढीको क्षति

Nepal Live

सोलुखुम्बु- सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११

बालबालिकाको प्रयोग हुन नदिनेसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर

Nepal Live

काठमाडौँ, १२ भदौ । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय

पीडा भुल्न बाढीपीडितलाई मनोपरामर्श

Nepal Live

इटहरी- पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा अभ्यस्त

आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार

Nepal Live

रोल्पा- बेपत्ता भएको लामो समयसम्म आफन्तजनका बारेमा कुनै जानकारी नपाउँदा रोल्पाका

झापामा छत्तीस हजार घरधुरी शौचालयविहीन

Nepal Live

बनियानी (झापा)- झापालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा चुनौती देखिएको छ

पढ्नै पर्ने