ad

ममाथि लगाइएका सबै आरोप गलत : अमेरिकी राष्ट्रपति ट्रम्प

Nepal Live

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्रिकी देशबारे गरेको सम्बोधनलाई लिएर आफूलाई गलत पुष्टि गर्ने प्रयास भएको बताएका छन्।

केही दिनपहिले ट्रम्पले केही अफ्रिकी देशबारे अशिष्ट र अपमानजनक भाषा प्रयोग गरेको विवरण सार्वजनिक भएको थियो। तर उनले आफूमाथि लगाइएको आरोप गलत रहेको दाबी गर्दै त्यसको खण्डन गरेका छन्।

'गैरकानुनी आप्रवासीलाई रोक्न र योग्य जनशक्ति भित्र्याउनका निम्ति गर्न लागिएको एउटा सम्झौता प्रयासमा ममाथि लगाइएको गलत आरोपले समस्या उत्पन्न भएको छ,' उनले भने, 'मेरो मनसाय कसैलाई आक्षेप लगाउनु नभई बालबालिका तथा किशोरलाई शरणार्थीका रूपमा प्रवेश गराइनु गलत हुने र देशमा योग्य जनशक्ति भित्र्याउन फरक समाधान खोज्नुपर्ने हो।'

आप्रवासन सुधारसम्बन्धी एउटा बैठकमा राष्ट्रपतिले 'आपत्तिजनक र जातिवादी' टिप्पणी गरेको भन्ने डेमोक्रयाटिक सिनेटर डिक डर्बिनले गरेको दाबीबारे ट्रम्पको भनाइ आएको हो। 
मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघ उच्च आयोग (युएनएचसिआर) ले राष्ट्रपति ट्रम्पद्वारा हाइटी तथा अफ्रिककाबाट अमेरिका आउने आप्रवासीबारे व्यक्त गरेका प्रतिक्रियालाई ‘लज्जाजनक’ तथा ‘जातिवादी’ भनी गत शुक्रबार आलोचना गरेको थियो। 

वासिङ्टन पोस्ट पत्रिकाकामा ट्रम्पले गत बिहीबार आप्रवासन सम्झौतासम्बन्धी एउटा प्रस्तावमाथि राष्ट्रपति कार्यालयमा छलफल गरेरपछि रिपब्लिकन र डेमोक्र्याटिक सांसदहरू फर्केपछि उक्त विवाद सुरु भएको थियो।रासस/एपी
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार