ad

विश्वकप छनोटको खेल तालिका सार्वजनिक, नेपालको सम्भावना कति?

नेपाल लाइभ

Nepal Live

काठमाडौं– आगामी मार्चमा जिम्वाबेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सोमबार समूह विभाजनसहित खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता ४ मार्चमा सुरु भएर २५ मार्चमा सकिनेछ। 

छनोट प्रतियोगितामा १० टिमले भाग लिँदैछन्। १० मध्ये २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपमा छनोट हुनेछन्। 

समूह विभाजन यस्तो छ : 
समूह ए – वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र डिभिजन २ को विजेता 
समूह बी – अफगानिस्तान, जिम्वाबे, स्कटल्यान्ड, हङकङ र डिभिजन २ को उपविजेता

पहिलो चरणमा दुई समूहमा लिग खेल हुनेछ। दुवै समूहका शीर्ष ३–३ टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा लिग खेल हुनेछन्। शीर्ष २ टिम विश्वकपमा छनोट हुनेछन्। 
 
नेपालको के छ सम्भावना? 

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चारमा पर्न नसकेपछि नेपालले सिधै छनोट प्रतियोगिता खेल्ने अवसर गुमाएको थियो। च्याम्पियनसिपमा सातौं स्थानमा सीमित बनेपछि नेपाल आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ झरेको थियो। 

नेपालले आगामी फेब्रुअरी दोस्रो सातादेखि नामिबियामा सुरु हुने डिभिजन २ मा प्रतिस्पर्धा गर्दैछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्दैछन्। डिभिजन २ मा कम्तिमा शीर्ष २ भित्र पर्न सके मात्र नेपाल एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। विजेता बन्न सके नेपाल एकदिवसीय विश्वकप छनोटको समूह एमा पर्नेछन्। उपविजेता बने समूह बीमा पर्नेछ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा 

Nepal Live

नेपालगञ्ज, १२ भदौ । अर्को वर्ष पुसमा नेपालगञ्जमा आयोजना हुने

खेलकुदबाट समृद्धिको खोजी : खेलकुदमन्त्री केसी

Nepal Live

कैलाली- युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले खेलकुदका माध्यमबाट देशलाई कसरी विश्वसामु

बंगलादेशमाथि नेपालको रवाफ

Nepal Live

काठमाडौं - मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

साविक विजेता केर्वर पहिलो चरणबाटै बाहिरिइन्

Nepal Live

न्यूयोर्क - साविक विजेता एन्जिलिकी केर्वर युएस ओपन टेनिस प्रतियोगिताको पहिलो

जापान लगातार छैटौं पटक विश्वकपमा छनोट

Nepal Live

टोकियो -  जापानले फिफा विश्वकप फुटबल प्रतियोगितामा लगातार छैटौं पटक स्थान

अर्जेन्टिना बराबरीमा रोकियो, इक्वेडरमाथि ब्राजिलको जित

Nepal Live

मोन्टेभियो -  विश्वकप फुटबल २०१८ अन्तर्गत दक्षिण अमेरिका छनोटमा अर्जेन्टिना र

पढ्नै पर्ने