रसुवागढी नाकाबाट मालवाहक कन्टेनर प्रवेशमा एक साताका लागि रोक 

अनु आचार्य

Nepal Live

रसुवा– नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढीमा सोमबारदेखि एक साताका लागि मालवाहक सवारी सञ्चालनमा रोक लगाइने भएको छ। 

माघ ४ गते मनाइने ल्होसारलाई ध्यानमा राख्दै चीनले एक साताका लागि नाकामा मालवाहक कन्टेनर आवतजावतमा रोक लगाउने भएको हो। नेपालमा सामान आयात गर्न केरुङ पुगेका कन्टेनरमा सामान लोड भइसकेको ती कन्टेनर सोमबार साँझसम्ममा नेपाल आइसक्ने रसुवागढी भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाले बताए।

मालवाहक कन्टेनरलाई रोक लगाइए पनि पर्यटक बोक्ने सवारी तथा नागरिकलाई भने आवतजावतमा समस्या नहुने चिनिया पक्षले जानकारी दिएको उनले बताए। 
केरुङमा ल्होसारको समयमा भन्सारको काम ठप्प हुने भएपछि त्यहाँ पुगेका व्यवसायी पनि नेपाल फर्कन थालेका छन्। 

चिनियाँ भन्सार बन्द हुने भएपछि केरुङ जाने तयारीमा रहेका सयौ कन्टेनर जिल्लाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन्। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने