यज्ञशको 'भुइयाँ' लाई पहिचान पुरस्कार

नेपाल लाइभ

Nepal Live

काठमाडौं- २०१८ को पहिचान पुरस्कार 'भुइयाँ' कृतिले पाउने भएको छ। पहिचान पुरस्कार कोशले लेखक तथा पत्रकार यज्ञशको सो कृतिलाई पुरस्कारका लागि छनोट गरेको हो।

दुई लाख दुई हजार दुई रुपैयाँ राशिको पुरस्कार चैतको पहिलो साता आयोजित कार्यक्रममा दिइने कोशले जनाएको छ।

विभिन्न पहिचानविहीनहरुको कथालाई यज्ञशले पुस्तकमा समेट्दै उनीहरुको संघर्षलाई स्वर दिएकाले पुरस्कारका लागि छनोट गरेको कोशले जनाएको छ।

नेपाली साहित्य, संस्कृति र कलामा पहिचानसम्बन्धी पुस्तकलाई सम्मान गर्दै लेखनबाट पहिचानको मुद्दा उठाउन सन् २०१५ मा पहिचान पुरस्कारको स्थापना गरिएको संस्थापक नरेश काङमाङ राईले बताए।

यसअघि यो पुरस्कार राजन मुकारुङको निबन्धसंग्रह 'फेरिँदो सौन्दर्य' र अर्जुन खालिङको 'गोयाङको सुगन्ध' ले पाएका थिए।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने