पहिलो एकदिवसीयमा इंग्ल्यान्डले अस्ट्रेलियालाई हरायो, एमसिजीमा इंग्ल्यान्डको रेकर्ड

Nepal Live

मेलवर्न– अस्ट्रेलिया विरुद्धको पाँच खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा इंग्ल्यान्ड विजयी भएको छ। आइतबार मेलवर्न क्रिकेट ग्राउन्ड (एमसिजी) मा भएको खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्यो।

घरेलु टिम अस्ट्रेलियाले दिएको ३ सय ५ रनको लक्ष्य इंग्ल्यान्डले ५ विकेटको नोक्सानीमा ७ बल खेल्न बाँकी छदा पार गर्यो। इंग्ल्यान्ड एमसिजी मैदानमा बढी लक्ष्य पार गर्ने पहिलो टिम बनेको छ। यसअघि अस्ट्रेलियाले भारतविरुद्ध २ सय ९६ रनको लक्ष्य पार गरेर रेकर्ड बनाएको थियो।

इंग्ल्यान्डको जितमा जोए रुटले नटआउट ९१ रन जोडे। उनले १ सय १० बलमा ५ चौका हिर्काए। ओपनर जासन रोएको १ सय ८० रन जितको आधार बन्यो। १ सय ५१ बल खेलेका उनले १६ चौका र ५ चौका प्रहार गरेका थिए। रोए खेलको म्यान अफ दिन म्याच घोषित भए। 

बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र पाट कमिङ्ग्सले २–२ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ४ रन जोड्यो। अस्ट्रेलियाका लागि ओपनर आरोन फिन्चले १ सय ७ रन जोडे। उनले १ सय १९ बलमा १० चौका र ३ छक्का प्रहार गरे। मिचेल मार्सले ५० रन जोड्दा मार्कोस स्नोइनिसले ६० रन बनाए। बलिङतर्फ इंग्ल्यान्डका लियम प्लुङकेटले ३ विकेट लिए। अदिल रसिदले २ विकेट हात पारे। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार