नेपाल टेलिकमले प्रतिसेयर ५५ रुपैयाँ लाभांश बाँड्ने

नेपाल लाइभ

Nepal Live

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०७३/७४ को मुनाफा रकममध्येबाट सेयरधनीलाई प्रतिसेयर ५५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ। 

आइतबार कम्पनीको दसौं वार्षिक साधारणसभाले प्रतिसेयर ५५ रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने र कम्पनीको नियमावली संशोधनलगायत विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको छ। साधारणसभामा ९१ प्रतिशतभन्दा बढी सेयरधनीको उपस्थिति थियो। 

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कम्पनीले विगत वर्षमा जस्तै यस वर्ष पनि देशको दूरसञ्चार क्षेत्रको समग्र विकासमा उल्लेख्य योगदान पुर्याथउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा आर्जन गर्न सफल भएको बताए। 

उनले आर्थिक वर्ष ०७३/७४ मा खुद मुनाफा १५ अर्ब ३७ करोड रुपैयाँ कायम राख्न कम्पनी सफल भएको र गत आर्थिक वर्षको तुलनामा १७.२३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई एक करोड ७६ लाख नाघेको जानकारी दिए। 

उनले देशको अतिविकट तथा ग्रामीण क्षेत्रमा समेत सूचना तथा सञ्चार प्रविधि उपलब्ध गराउनले कार्यमा कम्पनी लागेको बताए। रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने