ad

के भयो वाम गठबन्धनको कार्यदल बैठकमा? 

SHARES
Nepal Live

काठमाडौं– राष्ट्रियसभा निर्वाचन र प्रदेशिक सरकार गठनमा संयुक्त गृहकार्य थालेको वाम गठबन्धनको कार्यदलले प्रदेशमा रहेको दलको स्थितिका विषयमा छलफल गरेको छ। 

कार्यदलको आइतबार बसेको बैठकले सात वटै प्रदेशमा एमाले र माओवादी केन्द्रले प्राप्त गरेको चुनावी नतिजा र राष्ट्रिय निर्वाचनमा समावेश गरिने उम्मेदवारको मापदण्डका विषयमा छलफल गरेको छ। बैठकमा प्रदेशसभा निर्वाचनमा दुवै दलले प्राप्त गरेको मत र परिणामलाई आधार बनाएर विविध पक्षमा छलफल गरिएको एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए। 

‘छलफल निकै सकारात्मक ढंगले अगाडि बढिरहेको छ’, नेता नेम्वाङले नेपाल लाइभसँग भने, ‘कुरा स्थिति हेर्दा अर्को बैठकमा धेरै विषय टुंगिने देखिएको छ।’ 

बैठकमा कार्यदल सदस्यहरुले प्रदेशसभा निर्वाचनमा आफ्नो दलले प्राप्त गरेको नतिजा र राष्ट्रियसभा निर्वाचन तथा प्रादेशिक सरकार निर्माणबारे धारणा राखेका थिए। 

नेता नेम्वाङका अनुसार दलको आन्तरिक छलफल गरेर अर्को बैठकमा टुंग्याउने विषयमा कार्यदलमा सहमति बनेको छ। 

कार्यदलको अर्को बैठक माघ ३ गते दिउँसो एक बजे बस्नेछ।

कार्यदलको पहिलो बैठकले प्रादेशिक सरकार र राष्ट्रियसभा निर्वाचनको विषयमा कार्यविधि तयार गरेको थियो। कार्यविधि अनुसार प्रदेशगत रुपमा पार्टीको शक्ति, पार्टी एकताको भावना, योग्य व्यक्ति र सन्तुलनलाई मुख्य आधार बनाएर सिट बाँडफाँट गर्ने तयारी वाम गठबन्धनको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार