बुद्ध एयरले बैशाख १ देखि पोखरा-नेपालगन्ज सीधा उडान सुरु गर्ने

Nepal Live

काठमाडौं- बुद्ध एयरले नेपाली नयाँ वर्षको अवसर पारेर पोखरा-नेपालगन्ज-पोखरा सीधा उडान सेवा सुरु गर्ने भएको छ।

बैशाख १ देखि सो हवाई सेवा थाल्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, सो रुटमा दैनिक एउटा उडान हुनेछ।

यसअघि बुद्धले गत भदौ २० देखि पोखराबाट भरतपुर र भैरहवासम्मको हवाई उडान थालेको थियो।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार