संखुवासभामा जिप दुर्घटना, मकालु गाउँपालिकाका अध्यक्षसहित ५ को मृत्यु 

नेपाल लाइभ

Nepal Live

खाँदबारी- संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको पनि मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म कटुवाल र सुरेश राईको मात्र सनाखत भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, बा ५ च १३०९ नम्बरको जिप मकालु गाउँपालिका ३ सामाटारमा दुर्घटना भएको हो। प्रहरी टोली घटनास्थल पुगिसकेको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने