कैलाली पुगेर प्रधानमन्त्री देउवाले भने- सत्ता कसलाई सुम्पने?

नेपाल लाइभ

Nepal Live

धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकार गठन हुने बताएका छन्।

कैलालीको गोदावरी बाह्र राशि दर्शन मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सरकार छाड्न आफूलाई कानुनी र संवैधानिक जटिलता रहेको बताए।

‘कानुन र संविधान नबुझेर सत्ता हस्तान्तरणको मात्र कुरा गरिएको छ’, प्रधानमन्त्रीले भने, ‘निर्वाचनको कुनै दलको पनि बहुमत आएको छैन, संसद् समेत बनेको छैन, कसलाई सत्ता छाड्ने?’ 

कानुनसम्मत तरिकाले आए आफू सत्ता हस्तान्तरण गर्न तयार रहेको देउवाले बताए।

सर्वदलीय सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा ढिलाइ भएको बताउँदै प्रधानमन्त्री देउवाले अब सहमति नजुटे पनि तीन दिनभित्र सो विषयमा निर्णय गरिने जानकारी दिए।

प्राप्त प्रतिकृयाहरू

sudip adhikari लेख्नुहुन्छ २o७४ पौष ३० आइतबार ३:२६ 

राजा ज्ञानेन्द्र शाहलाई बुझाए हुन्छ एउटा इतिहासमै माहान नेता बन्ने छौ सेरे दाइ हजारौं राजा पालेर देश बिगार्नु भन्दा एउटा राजा पालेर आनन्द लिन चाहान्छ नेपाली जनता

यसमा तपाइको मत



पढ्नै पर्ने