प्रचण्ड पत्नी सीता उपचारको लागि दिल्ली प्रस्थान

नेपाल लाइभ

Nepal Live

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहाल उपचारका लागि आइतबार बिहान दिल्ली प्रस्थान गरेकी छिन्। 

नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएकी दाहाल अस्पतालको रिफरमा उपचारका लागि भारत गएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। 
दाहाल केही समययता सुगर, प्रेसर, थाइराइड लगायतका समस्याबाट ग्रसित छिन्।

दाहालको साथमा छोरीहरु रेणु र गंगा दाहाल भारत गएका छन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने