ad

करेन्ट लागेर इलाममा एकको मृत्यु

SHARES
Nepal Live

मंगलबारे– इलाममा करेन्ट लागेर आइतबार बिहान एक जनाको मृत्यु भएको छ। करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय वेदप्रसाद तामाङको मृत्यु भएको हो। घरबनाउने क्रममा बांगिएको रड सिधा पार्ने क्रममा मेन लाइनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको इलाम प्रहरीले जनाएको छ।

करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार