ad

मोरङमा हतियार देखाएर डकैती

SHARES
Nepal Live

विराटनगर– घरका सबै सदस्यलाई नियन्त्रणमा लिएर मोरङको एक घरमा डकैती भएको छ। 

  बुढीगंगा गाउँपालिका २ अमाही निवासी सुरज चौधरीको घरमा आइतबार बिहान  डकैती भएको हो। हतियारसहित मास्क लगाएर आएका पाँच जनाले उनको घरमा सबै व्यक्तिलाई नियन्त्रणमा लिएर डकैती गरेका हुन्। 

चौधरीको घरबाट २ लाख रुपैयाँ नगद र २ तोला सुनका गहना लुटिएको छ। डकैतीमा संलग्नहरुले छुरा र रड देखाएर चौधरीको परिवारलाई नियन्यणमा लिएका थिए। केही बोले मारिदिने भन्दै धम्की दिएका थिए। केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङका एसपी अरुण बिसीले बताए। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार