रियल म्याड्रिड संकटमा, पछिल्ला पाँच मध्ये एक खेलमा मात्र विजयी 

नेपाल लाइभ

Nepal Live

म्याड्रिड– साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगाका पछिल्ला पाँच खेलमा दोस्रो पटक पराजित भएको छ।

शनिबार राति भिल्लारियलसँग पराजित भएसँगै रियलको उपाधि रक्षा गर्ने सम्भावना कमजोर बन्दै गएको छ। भिल्लारियलले रियललाई १–० गोलले पराजित गरेको हो। भिल्लारियलको जितमा पाब्लो फोर्नासले पाब्लो फोर्नाल्सले ८७ मिनेटमा गोल गरेका थिए।

खेलमा रियलले २८ प्रहार गरेपछि गोल गर्न सकेन। पहिलो हाफमा गारेथ बेलले हेडमार्फत बललाई जाली चुमाएपनि रेफ्रीले अफसाइड घोषित गरिदिए। त्यसपछि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो फ्रिकिमा बार बाधक बनेको थियो।

पछिल्ला पाँच खेलमा रियल २ खेलमा पराजय, २ खेलमा बराबरी र १ खेलमा हार जितेको छ। अंक तालिकाको चौथो स्थानमा छ। रियल १८ खेलबाट ३२ अंक छ। शीर्ष स्थानको बार्सिलोना १६ अंकले अघि छ। बार्सिलोनाका पनि १८ खेलबाट ४८ अंक छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडकव १९ खेलबाट ४२ र तेस्रो स्थानको भ्यालेन्सियाको पनि समान खेलबाट ४० अंक छ। शनिबार राति भएको खेलमा एट्लेटिकोले एइबारलाई १–० गोल र भ्यालेन्सियाले डिपोर्टिभो लाकोरुनालाई २–१ गोलले हराए।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने