चौतारामा मिनीट्रक दुर्घटना हुँदा २ को मृत्यु

Nepal Live

चौतारा- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखरका चालक ३१ वर्षीय शशिकुमार लामा र सनाखत हुन नसकेका अर्का एक पुरुष छन्।

लामाको घटनास्थलमा र अर्का पुरुषको उपचारका क्रममा जिल्ला अस्पताल चौतारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विमल कँडेलले जानकारी दिए। 

घर निर्माणका लागि गिटी बोकेर सोही नगरपालिकाको वडा नम्बर ६ गिदानेतर्फ गइरहेको बा४ख २९६० नम्बरको मिनीट्रक गएराति १२ बजेतिर सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको कँडेलले बताए।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार