बास बस्न खाली जग्गा व्यवस्था गरिदिन सुकुम्बासीको माग

Nepal Live

विराटनगर– विगत तीन पुस्तादेखि कटहरी गाउँपालिका वडा नम्बर १ मा बसोबास गरिरहेका सुकुम्बासीले अन्य खाली जग्गामा घरबासका लागि व्यवस्था गराउनुपर्ने माग गरेका छन्। 

उनीहरुले शनिबार पत्रकार सम्मेलन गरी कटहरी गाउँपालिका तथा वडा नम्बर १ को कार्यालयले आफूहरु बसिरहेको घर टहरा हटाउन सूचना जारी गरेकामा समेत आपत्ति जनाएका छन्।

विगत तीन पुस्तादेखि उक्त स्थानमा बसिरहेकामा गत साउनमा आएको बाढीले घर डुबान तथा कृषि बजार निर्माण गर्न उक्त जग्गामा बाटो निर्माण भएकाले सो स्थान छाडी छेउका नारी विकास संघ झम्टोकी पछाडिको खाली पर्ती जग्गामा एक महिना अगाडि बसोबास गरेको बताएका छन्।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य मोहम्मद अब्जलले सुकम्बासीलाई अन्य खाली जग्गा व्यवस्था गरेमा उक्त जग्गा खाली गर्ने बताए।

मसानघाटका रुपमा चिनिएको उक्त ऐलानी जग्गा १५ घर परिवारका करिब ६० जना अत्यन्त गरिब मुस्लिम परिवार बसोबास गरिरहेका छन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार