ad

देउवा सरकारको निर्णयको रामचन्द्र पौडेलद्वारा स्वागत

SHARES
Nepal Live

काठमाडौं–  प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले शुक्रबार गरेका निर्णयको  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वागत गरेका छन्। धनकुटाको खोकु छिन्ताङमा मारिएका व्यक्तिलाई शहीद घोषणा र क्षतिपूर्ति दिने सरकारको निर्णय स्वागतयोग्य भएको  उनले बताएका छन्। 

वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ति जारी गरी पञ्चायत होस् वा सबै खाले अधिनायकवादविरुद्ध र लोकतन्त्रको पक्षमा पटकपटक संघर्ष गर्दा ज्यान गुमाएका व्यक्तिलाई शहीद घोषणा गर्नुपर्ने र सम्पत्ति खोसिएकाको उचित प्रबन्धसहित क्षतिपूर्ति दिन माग गरे। 
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले धनकुटाको खोकु छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई शहीद घोषणा गरी रु दश÷दश लाख राहत दिने निर्णय गरेको थियो । 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार