ad

नेपालगन्जमा माडवारी युवाको आयोजनामा रक्तदान

SHARES
Nepal Live

नेपालगन्ज– अक्सर व्यापारिक काममा व्यस्त रहने मारवाडी समुदायका युवाहरुले नेपालगन्जमा रक्तदान कार्यक्रम गरेका छन्। 

माडवारी युवा मञ्चको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए।

रगतको अभावले कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको मञ्चका अध्यक्ष महेश अग्रवालले बताए। यसपछि छिटै विपन्न बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको नले बताए।

मारवाडी युवाहरु व्यापार गरेर नाफा मात्रै कमाउने नभई समाजका लागि पनि सकारात्मक काम गर्छन् भन्ने सन्देश दिन सामाजिक गतिविधिहरुमा सक्रियता बढाउँदै गएको अग्रवालले बताए।

मारवाडी समुदायका युवाहरु माडवारी युवा मञ्चको नामक संस्थाको गठन गरेरै सामाजिक काममा जुट्न थालेका छन्। नेपालगन्जका ठूला उद्योग–व्यापारमा माडबारी समूहको वर्चस्व छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार