दोस्रो टेस्टको पहिलो दिन भारतका आश्विनले लिए ३ विकेट

नेपाल लाइभ

Nepal Live

सेन्चुरियन– भारत विरुद्धको दोस्रो टेस्टको पहिलो दिन घरेलु टिम दक्षिण अफ्रिकाले ६ विकेटको नोक्सानीमा २ सय ६९ रन जोडेको छ। टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका फाप डु फ्लेसिस २५ रन र केशव महारज १० रन बनाएर खेलिरहेका छन्।

दक्षिण अफ्रिकाका ओपनर डिन एल्गर ३१ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर एइडिन मकरमले ९४ रन जोडे। मकरमले १ सय ५० बल खेलेर १५ चौका प्रहार गरे। दुवै ओपरलाई भारतका स्पिनर रविचन्द्रन आश्विनले सिकार बनाए। दक्षिण अफ्रिकाका लागि हसिम अम्लाले ८२ रन जोडे। हार्दिक पाण्ड्याबाट रनआउटको सिकार हुनुअघि अम्लाले १ सय ५३ बलमा १४ चौका हिर्काए। एबी डिभिलियर्स २० रनमा आउट भए। क्वान्टन डे कक र भेर्नोन फिलान्डर शून्य रनमा आउट भए।

बलिङतर्फ आश्विनले ३ विकेट लिए। उनले दुवै ओपनर र डे ककलाई सिकार बनाए। इशान्त शर्माले १ विकेट लिन सफल भए। इशान्तले डिभिलियर्सलाई बोल्ड गरे। हार्दिक पाण्ड्याले २ जनालाई रनआउटको बनाए।

तीन टेस्टको सिरिजको पहिलो टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई ७२ रनले पराजित गरेको थियो। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने