कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपाल लाइभ

Nepal Live

कपिलवस्तु- ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार साँझ एक जनाको मृत्यु भएको छ। 

भैरहवाबाट तौलिहवा आउँदै गरेको लु २ त २७२७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको लु ३२ प ५८१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देहीको मायादेवी गाउँपालिका–४ मोतीपुर बस्ने २५ वर्षीय रामबोध केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। 

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका केवटको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ। रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने