ad

सिद्धबाबाको पहिरो पन्छाएपछि पाल्पा–बुटवल सडक खुल्यो

SHARES

पाल्पा- सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकमा यातायातका साधन सञ्चालनमा आएको छ। 

माथिबाट खसेको ढुंगा हटाएपछि पाल्पा–बुटवल सडकखण्ड भएर सञ्चालन हुने सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका प्रहरीले जनाएको छ। आज दिउँसो तिनाउ गाउँपालिका–३, दोभानको नजिकै तल्लो सिद्धबाबा क्षेत्रमा माथिबाट ढुंगा खस्दा सडक अवरुद्ध बनेको थियो। करिब तीन घन्टापछि यातायातका साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

बुटवलदेखि पाल्पा हुँदै स्याङ्जा, पोखरा, गुल्मी, बागलुङतर्फ जाने सवारीसाधन बीच बाटोमा रोकिँदा यात्रुले सास्ती खेप्नुपरेको थियो।

माथिबाट ढुंगा खस्ने गरेकाले पाल्पा–बुटवल सडकमा यात्रा गर्दा यात्रु तथा चालकले ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य हुँदै आएका छन्। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार