ad

पहिलो मिस गोरखाको ताज १९ वर्षीया इशालाई

SHARES
Nepal Live

गोरखा– प्रथम मिस गोरखाको ताज १९ वर्षीया इशा शाहले हात पारेकी छिन्।

अन्तिम प्रतिस्पर्धामा रहेका २० जनालाई पछि पार्दै उनले उपाधि आफ्नो पोल्टामा पारेकी हुन्। सुलिकोट गाउँपालिका स्वाराकी सामान्य परिवारकी इशा द वल्ड क्यापिटल मावि रानीवनमा प्लस टु अध्ययनरत छिन्।

गोरखा बजारको गोरखकाली चलचित्र मन्दिरमा शनिबार आयोजित प्रतिस्पर्धामा उपाधि जितेसँगै उनले नगद ५० हजार र एक लाख रुपैयाँभन्दा बढीको उपहार पाइन्। उपाधि विजेतालाई एयर होस्टेज पढ्ने छात्रवृत्ति पनि दिइएको आयोजक संस्था सौन्दर्य कला व्यवसायी संघ गोरखा शाखाकी अध्यक्ष सुकु श्रेष्ठले जानकारी दिइन्।

इशाले ‘मिस स्टाइलिस्ट’को अवार्ड समेत जितेकी थिइन्। उपाधि जितेपछि आफ्नो सपना साकार भएको भन्दै उनले खुसी व्यक्त गरिन्।

प्रतियोगितामा २१ वर्षीया प्रकृति श्रेष्ठ फस्ट रनरअप, २० वर्षीया विष्णुकुमारी घले सेकेन्ड रनर अप र १७ वर्षीया सिर्जना मगर थर्ड रनरअप भए। उनीहरुले क्रमशः ३० हजार, २० हजार १० हजार नगद र ५० हजारभन्दा बढीको गिफ्ट ह्याम्पर पाए।

प्रतियोगितामा विभिन्न २१ वटा शीर्षकको अवार्ड दिइएको थियो। प्रतियोगिता एसटी क्रिएसनको व्यवस्थापनमा भएको थियो।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार