ad

भक्तजनले बालेको धूप सल्कँदा स्वयम्भूमा आगलागी

Nepal Live

काठमाडौँ- काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भूको ज्ञानमाला भजन घरमा गएराति आगलागी हुँदा करिब रु ३० लाख बराबरको क्षति भएको छ। 

भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको थियो। महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख किशोर श्रेष्ठले आगलागीबाट हस्तकला, फर्निचर, भजनका सामग्री लगायत नष्ट भएको जानकारी दिए।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी तथा काठमाडौँ, ललितपुर र भक्तपुरका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। 

घटनामा मानवीय क्षति भएको छैन। त्यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य र राजेश शाक्य राति नै घटनास्थल पुगेका थिए।रासस
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार