ad

बोको हराम लडाकुद्वारा जंगलमा दाउरा खोजिरहेका २० गाउँले मारिए

Nepal Live

कानो, नाइजेरिया- नाइजेरियामा बोको हराम लडाकुद्वारा गरिएको पछिल्लो आक्रमणमा जङ्गलमा दाउरा खोजिरहेका २० जना गाउँलेको मृत्यु भएको छ। आम नागरिकविरुद्ध लडाकुहरुले गरेको आक्रमणमा परी उत्तरपूर्वी नाइजेरियामा उनीहरु मारिएका हुन्। 

मोटरसाइकलमा आएका बन्दुकधारी आक्रमणकारीहरूले दाउरा संकलन गरिरहेका दाउरेहरूमाथि जथाभावी बन्दुक प्रहार गरेका थिए। घटना बोर्नो राज्यको राजधानी माईडुगुरी नजिकै पर्ने काजे गाँउमा भएको थियो।

घटनापछि अरु १५ जना हराइरहेका र आक्रमणकारीद्वारा त्यत्तिकै संख्यामा गाउँलेहरू अपहरणमा लिएकोे लडाकुका नेता इब्राहिम लिमानले जानकारी दिए। 

नाइजेरियाको सरकार र सेनाले आक्रमणकारी इस्लामिक स्टेट (आइएस) लडाकु समूहसँग आबद्ध भएकोे बताउँदै आएका छन्।

नाइजेरियामा सन् २००९ देखि सुरु भएको द्वन्द्वमा परी अहिलेसम्म २० हजार नागरिक मारिएका छन्।रासस/एएफपी

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार