मूल्यवृद्धिविरुद्ध ट्युनिसियामा आन्दोलन : ७७८ जना गिरफ्तार, ९६ प्रहरी घाइते

नेपाल लाइभ

Nepal Live

ट्युनिस- टुयुनिसियामा मुल्यवृद्धिविरुद्ध भइरहेको आन्दोलनका क्रममा ७७८ जना प्रदर्शनकारीहरू गिरफ्तार भएका छन्। तीन रात भएको प्रदर्शनबा क्रममा उनीहरूलाई सुरक्षाकर्मीहरूले गिरफ्तार गरेको गृह मन्त्रालयले जनाएको छ।

उनीहरूलाई चोरी, लुटपाट, आगजनी र सडकहरूको अवरोध गरेको अभियोग लगाइएको गृह मन्त्रालयका प्रवक्ता खालिफ चिबानीले जानकारी दिए। प्रदर्शनका क्रममा भएका झडपमा परी ११ प्रान्तमा रहेका गोदाम, प्रहरी चौकी, निजी तथा व्यापारिक प्रतिष्ठान र बैंकहरूमा क्षति पुगेको छ। प्रवक्ता चिबानीले ९६ जना सुरक्षाकर्मी घाइते भएका र ८७ सवारी साधनहरूमा क्षति पुगेको जानकारी दिए।

प्रदर्शनकारीहरूबाट ठूलो मात्रामा श्रोत साधनहरूको क्षति भएको पनि उनले बताए। प्रदर्शनकारीहरूलाई तितरवितर पार्न र आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीले केही राउण्ड टियर ग्यास समेत प्रहार गरेको थियो।

पछिल्ला दिनमा अघिल्ला दिनहरूको तुलनामा आन्दोलन बिस्तारै थप आक्रमक र हिंसात्मक हुँदै गएको छ। उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा अहिले पनि गरिबी र बेरोजगारीको समस्या समाधान हुन सकेको छैन। 

नाशाह जीन एल अबिडिन बेन अलीको लामो समय सम्मको शासनबाट मुक्त भएपछि सन् २०११ देखि ट्युनिसियामा अपेक्षित रुपान्तरण भइरहेको छ। तर यसै वर्षको सुरुदेखि भने निराशा र असन्तुष्टि व्यक्त भएको छ। मुल्यवृद्धि, संघर्षपूण अर्थतन्त्र लगायतका कारणले निराशा छाएर प्रदर्शन सुरु भएको हो। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने