२ लाखको लोभमा २२ लाख गुम्यो 

नेपाल लाइभ

काठमाडौं–  २ लाखको लोभमा २ युवकको करिब २२ लाख गुम्ने भएको छ।  

 गोरखाको च्याङ्गली घर भएका २७ वर्षीय बिज्ञान नेपाली र पाल्पाको साटिने घर भएका ४० वर्षीय गुणबहादुर सारु  लोभमा फस्दा उनीहरुको पैसा फस्न लागेको हो। 
उनीहरुले सुन तस्करी गरेर करिब २ लाख कमाउन खोजेका थिए। कतारबाट फर्कने mत्रममा उनीहरुले लुकाईछिपाई   करीब २ सय ६५ ग्राम सुन ल्याएका थिए। 

विमानस्थलको पार्किङ एरियामा शंकास्पद गतिविधि देखाएपछि उनीहरु पक्राउ परेका हुन्। बिदेशबाट फर्कदा ५० ग्रामसम्म मात्र सुनका गहना ल्याउन पाउनेमा उनीहरुले आफ्ना साथीहरुलाई समेत प्रयोग गरी सुन तस्करी गराएका थिए। बरामद सुन करिब ११ लाख रुपैयाँ बराबरको छ।

तस्करीमा लोभ गर्दा विदेशमा कमाएको रकम डुबेको छ। भन्सार ऐनअनुसार उक्त सुन जफत हुनुका साथै त्यस बराबर उनीहरुले जरिवाना समेत तिर्नुपर्ने हुन्छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने