राष्ट्रिय बास्केटबल : पुरुष र महिला दुवै उपाधि मध्यमाञ्चललाई

नेपाल लाइभ

Nepal Live

काठमाडौं– मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं पुरुष तथा १४ औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेको छ । मध्यमाञ्चल पुरुष÷महिला दुवैमा च्याम्पियन बन्यो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा मध्यमाञ्चलले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई ८०–७७ को साँघुरो अन्तरले पराजित गर्‍यो। विजेताका विपिन महर्जनले १८ अंक जोडे । नेपाल प्रहरी क्लबले एपीएफ क्लबलाई ८८–७४ ले हराउदै तेश्रो भयो । प्रहरीका सन्देश तामाङले २२ स्कोर गरे ।

महिलाको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ६३–४४ ले पाखा लगाउदै उपाधि रक्षा गर्‍यो। विजेताकी अनुषा मल्लले २२ अंक जोडिन् । आर्मीले तेश्रो स्थानमा चित्त बुझायो । आर्मीले पश्चिमाञ्चललाई ४१–२७ ले पन्छायो । आर्मीकी लक्ष्मी चौधरीले १६ स्कोर गरिन् ।

विजेतालाई सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगिताको पुरुषमा ८ र महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने