सुदूरपश्चिम खप्तड गोल्डकप : सानदार जित निकाल्दै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

Nepal Live

धनगढी– साविक विजेता मनाङ मर्स्याङदी क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मानाङले शुक्रबार भएको खेलमा रुपेन्देही ११ माथि ४–० गोलको सानदार जित दर्ता गराएको हो।

खेलको २० औँ मिनेटमा मनाङका विदेशी खेलाडी भिक्टोर अमोवीले गोल गर्दै अग्रता दिलाए। पहिलो हाफमा १–० ले अगाडी रहेको मनाङले दोस्रो गोल आत्मघातीको रुपमा उपहार पायो। ५५ मिनेटमा रुपेन्देहीका छिरिङ गुरुङले बचाउन खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगेक थिए। अधिकांश समय बल आफ्नो कब्जामा राखेको मनाङका लागि ८३ मिनेटमा विशाल राई र ८४ मिनेटमा विमल रानाले गोल गर्दै सानदार जित दिलाएका हुन्।

योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। शनिबार  मनाङ र आर्मीबी पहिलो सेमीफाईनल खेल हुनेछ दोस्रो भने आइतबार सुदुरपश्चिम ११ र एपिएफबीच प्रतिस्पर्धा हुनेछ।

जितपछि मनाङका प्रशिक्षक हेमन्त आलेले टिमको समन्वय राम्रो भएकोले सानदार जित हासिल बताउ। उनले भने, 'हामीले धेरै पटक विपक्षी टीमसँग खेलिसकेका छौं उनीहरुको रणनीति थाहा भएकोले त्यहिअनुसार खेल्न सजिलो भयो ।' रुपन्देही ११ का कप्तान दिलीप क्षेत्रीले आफ्नै गल्तिले गोल खाँदा हार बेहोरेको बताए। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार


अन्य समाचार पढ्नुहोस्