ad

न्यायालय र मेरोविरुद्ध अफवाह फैल्याउने काम भयो : प्रधानन्यायाधीश पराजुली

SHARES
Nepal Live

रुकुमकोट- प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायपालिका र आफ्नो विषयमा अफवाह फैलाउने प्रयत्न भएको प्रतिक्रिया दिएका छन्। 

रुकुमकोटको जिल्ला अदालत उद्घाटन गर्दै पराजुलीले डा गोविन्द केसीलाई अवहेलना मुद्दा चलेपछि चौतर्फी दबाब र विरोध भएको सन्दर्भमा यस्तो प्रतिक्रिया जनाएका हुन्।

अनसनरत डा केसीलाई अदालतको अवहेलना मुद्दा लागेपछि पराजुली विवादमा तानिएका हुन्। अवहेलना मुद्दामा पराजुलीकै शैक्षिक प्रमाणपत्र र नागरिकता विवादमा आएको समयमा उनले सार्वजनिक मञ्चमा यस्तो प्रतिक्रिया दिएका हुन्। 

पराजुलीले वास्तविकता बाहिर आएपछि सबै कुराको समाधान हुने भन्दै न्याय र न्यायिक प्रक्रियाबाट अदालत विचलित नहुने बताए। 

कार्यक्रममा रुकुमकोटबाट प्रतिनिधिसभा सदस्य कमला रोकाले ४४ वर्षपछि रुकुमकोटबाट स्थानान्तरण भएर मुसिकोट सरेको संरचना फेरि फर्कनु र आफ्नै आँगनमा अदालत पाउनुले रुकुमेली जनताका लागि खुसीको कुरा भएको बताइन्।

प्रधानन्यायाधीश पराजुलीले संविधान कार्यान्वयनको चरणका क्रममा रुकुमकोट जिल्ला अदालतको सुरुवात हुनु महत्वपूर्ण उपलब्धी भएको बताए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले संविधानको कार्यान्वयन गर्दै जिल्ला अदालतको स्थापनाबाट रुकुमेली जनताको न्यायमा पुहँच बढ्ने बताए।

प्रधानन्यायाधीश पराजुली शुक्रबार बिहानै सर्वोच्च अदालको पेसी तोकेर रुकुमकोट तिर गएका थिए। जिल्ला अदालतको उद्घाटन सकेर उनी काठमाडौं फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार