वामदेवलाई राष्ट्रियसभामा जाने बाटो बन्द !

नेपाल लाइभ

Nepal Live

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा हारेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जाने बाटो पनि बन्द भएको छ। एमालेले प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई राष्ट्रियसभाको उम्मेदवार नै नबनाउने निर्णय गरेको छ।

शुक्रबार पार्टीद्वारा जारी राष्ट्रियसभाको उम्मेदवारको मापदण्डकमा,‘स्थानीय, प्रदेशसभा तथा प्रनिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचिमा नाम नभएका’ व्यक्ति उम्मेदवारका लागि योग्य हुने उल्लेख छ। जसअनुसार राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुनै वामदेव अयोग्य भएका छन्। 

प्रतिनिधि निर्वाचनमा पराजित भएपछि वामदेव राष्ट्रियसभा सदस्यमा उठ्ने चर्चा थियो। यद्यपी उनले यस विषयमा सार्वजनिक रुपमा केही बोलेका थिएनन्। 

पार्टीको मापदण्डले वामदेव लगायत स्थानीय, प्रदेश तथा प्रतिनिधिसभामा उठेर हारेका एमाले नेताहरुको राष्ट्रियसभामा जाने बाटो बन्द गरिदिएको छ। एकै व्यक्तिलाई धेरै अवसर नदिने नीतिअनुसार यस्तो मापदण्ड बनाइएको एक एमाले नेताले बताए। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने