ललितपुरमा पानी ट्याङकरको ठक्करबाट बालकको मृत्यु 

नेपाल लाइभ

Nepal Live

 काठमाडौं–  बिहिबार बेलुका ललितपुरमा गाडिको ठक्करबाट बालकको मृत्यु भएको छ। 

 धादिङको थाक्रे घर कुुमार थापाले चलाएको बा.४ ख ६५७१ नम्बरको पानी ट्याङ्करको ठक्करबाट किर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित सडकमा ललितपुरको भलपोखरी घर भएका राजेश राईको ३ वर्षीय छोरा उत्सव राईको मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चाकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 बिहिबार नै ललितपुरमा गाडिको ठक्करबाट एक व्यक्ति घाइते भर्एका छन्। 

 बा ९ च ६०९२ नम्बरको कारको ठक्करबाट पैदलयात्री, स्थानीय ५६ वर्षीय जीवनलाल श्रेष्ठ घाइते भएका हुन्।  ठक्कर दिने गाडिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने