फिल्म ‘ब्लाइन्ड रक्स’को गीत सार्वजनिक (भिडियो)

नेपाल लाइभ

Nepal Live

काठमाडौं- दृष्टि विहीनको कथा वस्तुलाई समेटेर निर्माण गरिएको चलचित्र ‘ब्लाइन्ड रक्स’को गीतको भिडियो सार्वजनिक भएको छ। अभिनेत्री वेनिशा हमाल मुख्य फिचरिङमा रहेको ‘उड्यो मन’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो। चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले भिडियो सार्वजनिक गरेको हो।

दृष्टि विहीन शृष्टि केसीको यथार्थ जीवनकथामा बनेको बायोपिक चलचित्रको उक्त सार्वजनिक गीतमा हरि लम्सालको संगीत तथा बानिका प्रधानको स्वर छ। निर्देशक समेत रहेका मिलन चाम्स स्वयंको कोरियोग्राफी रहेको यो गीतमा सञ्चारकर्मी नरेश भट्टराईको शब्द छ। निर्देशक चाम्सले यो गीतबाट दर्शकले शास्त्रीय संगीतको स्वाद लिन पाउने प्रतिक्रिया समेत दिएका छन्। उनले भने, ‘यसमा कत्थक र क्लासिकल टेस्ट मिश्रण गरिएको छ।’

बेलायतका विभिन्न सहरमा प्रदर्शन भैसकेको यो चलचित्र फागुन १८ देखि नेपालमा प्रदर्शनमा आउने भएको छ। एन फिल्मस् क्रिएसन र चाम्स इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्ममा बेनिशासँगै अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्ट आदि कलाकारको अभियन छ।

यस्तो छ गीतको भिडियो

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने