दृष्यले कथा बोल्ने आवाज विहीन लघु चलचित्र ‘द होम कमिङ’ युट्युबमा

Nepal Live

काठमाडौं– मिलन थापाको लघु चलचित्र युटुयुबमा सार्वजनिक भएको छ । आवाज विहीन चलचित्र ‘द होम कमिङ’मा  दृष्यले  कथा भनेको छ । नेपालको सौन्दर्यको शक्तिलाई  करिब ५ मिनेटको फिल्ममा प्रस्तुत गरिएको छ ।

चलचित्रका निर्देशक मिलन थापाले आफ्नो क्यामेराको लेन्सबाट देखेको नेपालको दृष्यात्मक प्रस्तुती भनेका छन् । आफू जहाँ भएपनि आफ्नो देश र मातृभूमीको सुन्दर  दृष्यहरु सधै आँखामा नाच्ने भएकोले विश्वसामु वास्तविक नेपाल भिडियो मार्फत प्रस्तुत गरेको बताए । उनले सार्वजनिक भिडियोकोमा लेखेका छन्, ‘मलाई थाहा थिएन कि मेरो देश यति सुन्दर छ । यही कारणले मैले विश्वलाई मेरो देश नेपाल चिनाउन दुई वर्षदेखि पहल गरिरहेको छु ।’

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार