ad

पुतलीसडकमा अनौठो दुर्घटना, चालकको मृत्यु  

SHARES
Nepal Live

काठमाडौं– चार्जीङ सेन्टरबाट टेम्पो निकाल्ने क्रममा शुक्रबार बिहान पुतलीसडकमा टेम्पो चालक महिलाको मृत्यु भएको छ। बा.१ ह ४८५२ नम्बरको ट्याम्पोकी चालक झापा महारानी–८ घर भई हाल सामाखुसी बस्ने ४३ वर्षीया तुलसा थापाको मृत्यु भएको हो। 

महानगरीय प्रहरी वृत्त अनामनगरका डिएसपी अपिल बोहोराका अनुसार न्यूप्लाजास्थित चार्जिङ सेन्टरबाट ब्याक गरेर ट्याम्पो निकाल्ने क्रममा उनले टाउको बाहिर निकालेकी थिइन्।  टाउको निकालेर गाडि ब्याक गर्ने क्रममा उनको टाउको सडक छेउमा रहेको फलामको पोलमा ठोक्कियो। सँगै अर्काे काठ पनि भएकाले काठ र फलामको बीचमा उनको टाउको प¥यो। त्यही क्रममा उनले खुट्टाले एक्सिलेटर थिचिइरहन्। त्यसरी टाउको च्यापिएपछि उनी बेहोस भएकी थिइन्।

उद्धार गरी वीर अस्पताल पुर्‍याइएकोमा उनको मृत्यु भएको डिएसपी बोहराले बताए। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार