कतारबाट फर्किएका दुई युवक विमानस्थलमै समातिए 

नेपाल लाइभ

Nepal Live

काठमाडौं– बैदेशिक रोजगारीका लागि कतार पुगेर फर्किएका २ युवक त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ परेका छन्। 

 गोरखाको च्याङ्गली घर भएका २७ वर्षीय बिज्ञान नेपाली र पाल्पाको साटिने घर भएका ४० वर्षीय गुणबहादुर सारुलाई प्रहरीले पक्राउ गरेको हो। सुन तस्करीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। लुकाईछिपाई ल्याएको करीब २ सय ६५ ग्राम सुनसहिन उनीहरु पक्राउ परेका हुन्। 

विमानस्थलको पार्किङ एरियामा शंकास्पद गतिविधि देखाएपछि उनीहरु पक्राउ परेका हुन्। बिदेशबाट फर्कदा ५० ग्रामसम्म मात्र सुनका गहना ल्याउन पाउनेमा उनीहरुले आफ्ना साथीहरुलाई समेत प्रयोग गरी सुन तस्करी गराएका थिए। बरामद सुन करिब ११ लाख रुपैयाँ बराबरको छ। 

 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने