प्रधानन्यायाधीश पराजुली इजलाश तोकेर पश्चिम रुकुमतिर लागे

Nepal Live

काठमाडौं- सर्वोच्च अदालतले नै शैक्षिक प्रमाणपत्र र नागरिकता माग गरेपछि सोही निकायको नेतृत्व गर्दै मुद्दा सुनुवाइ र पेशी तोक्ने कार्य गर्न नमिल्ने आवाज उठे पनि प्रधानन्यायाधीश गोपाल पराजुलीले पेशी तोकेका छन्। 

एक एकल इजलाश सहित ९ इजलाशमा मुद्दा पेशी तोक्दै प्रधानन्यायाधीश पराजुली भने रुकुमकोट भवन उद्घाटन गर्न पुगेका छन्। नयाँ जिल्ला पश्चिम रुकमको जिल्ला अदालतको भवन उद्घाटनमा प्रधानन्यायाधीश पराजुली, सर्वोच्चका रजिस्ट्रार महेन्द्रनाथ उपाध्यायसहितको टोली शुक्रबार विहान त्यसतर्फ हिँडेको हो।

अनशनरत डा गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीले पदवाट अलग नभएसम्म आफ्नो अनशन जारी राख्ने घोषणा गरेका छन्। नागरिक समाज र केही कानुन व्यवसायीले छानबिनको दायरमा आएका प्रधानन्यायाधीशले पदबाट अलग हुनुपर्ने सुझाव दिए पनि पराजुलीले अस्वीकार गर्दै नियमित काममा निरन्तरता दिएका छन्।प्रधानन्यायाधीश पराजुली शुक्रबार नै काठमाडौं फर्कंदैछन्। 

प्रधानन्यायाधीश पराजुलीले आफू उपत्यका बाहिर जाने भएपछि उनीपछिका वरिष्ठ न्यायाधीश दिपकराज जोशीलाई कायममुकाय दिन सक्थे, तर उनले आफैं पेशी तोकेका हुन्। यसअघि प्रधानन्यायाधीश बाहिर जादाँ वरिष्ठ न्यायाधीशलाई कायममुकाय दिने परम्परा थियो।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार