ad

शुक्रवार सिनेमा–  \'मिस्टर झोले’ र ‘बटरफ्लाइ’ रिलिज

SHARES
Nepal Live

काठमाडौं– शुक्रवारदिख दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ । निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म 'झोले'को ब्रान्ड प्रयेग गरी टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो । 

रौनकविक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । 'कबड्डी', 'कबड्डी कबड्डी', 'पुरानो डुंगा' फिल्मका निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन्।

फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वुद्धि तामाङलगायतका कलाकारहरुको मुख भूमिका रहेको छ।  

ओमप्रतिक गुरुङ निर्दशित ‘बटरफ्लाई’मा आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको मुख्य भूमिका छ ।  यसैगरी अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । सुरेश बज्रचार्य फिल्मका छायाँकार हुन् ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार