ad

वाम गठबन्धन कार्यदलको बैठक सकियो

SHARES
Nepal Live

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रका नेता सम्मिलित कार्यदलको बैठक बसेको छ। वाम गठबन्धनबाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार र प्रदेशसभामा सरकार गठनसमेतका विषयमा सहमति खोज्न कार्यदल गठन भएको थियो। बैठकमा राष्ट्रियसभामा साझा उम्मेदवार पठाउने विषयमा छलफल भएको कार्यदलका एक सदस्य एमाले नेता सुवास नेम्वाङले बताए। उनले भने, 'प्रदेशको मुख्यमन्त्री समेत कार्यदलले सिफारिस गरेको व्यक्ति हुनेछन्। 

बैठकमा नेम्वाङसहित माओवादी केन्द्रका रामबहादुर थापा वादल र मात्रिका यादव सहभागी थिए। सिंहदरबारमा बसेको बैठकमा एमालेतर्फबाट सदस्य बनेका शंकर पोखरेल र सुरेन्द्र पाण्डे एवं माओवादी केन्द्रका वर्षमान पुन भने उपस्थित थिएनन्। वाम गठबन्धन एकता संयोजन समितिले दुवै पार्टीबाट ३/३ जना नेता रहनेगरी कार्यदल गठन गरेको थियो।

नेम्वाङले आजदेखि कार्यदल सक्रिय भएको र आगामी दिनमा साझा कार्यक्रम तय गर्ने बताएका छन्। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार