प्रधानमन्त्रीले राजीनामा नदिएपछि हामी नै बाहिरिएका हौं : गिरिराजमणि पोखरेल

Nepal Live

काठमाडौं- बिनाविभागीय बनाइएका माओवादी केन्द्रका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिएका छन्।

पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको राजीनामापत्र नेता गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए। माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्रीका रुपमा थिए।

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नका लागि राजीनामा दिएको पोखरेलले बताए।  कामचलाउ सरकारले दुरगामी निर्णय गरेको, राज्यकोष दुरुपयोग गरेको उनले आरोप लगाए।

'चुनाव नतिजा आइसकेपछि पनि प्रधानमन्त्रीले राजीनामा दिन नचाहेका कारण हामीले नै सरकारबाट बाहिरिने निर्णय गरेका हौं,' उनले भने, 'नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीकै कारण ढिलाइ भइरहेको हो।'

सम्बन्धित समाचार- सरकारबाट बाहिरियो माओवादी, प्रधानमन्त्रीले बुझे राजीनामापत्र

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार